८ बैशाख २०८१, शनिबार
Follow Us

विवाद मिलाउन कांग्रेस नेता पौडेल वेल्जियममा

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७५, शनिबार ११:४८

लण्डन । वेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ अधिवेसन सम्वन्धी विवाद मिलाउन नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल बेल्जियम पुगेका छन् । शनिवार ब्रशेल्स विमानस्थलमा उत्रिदा उनको स्वागतको लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

यसअघि नेपाली कांग्रेस पार्टी कार्यालयले फाल्गुण १४ गते एक पत्र जारी गर्दै नेपाली जनसम्पर्क समितिको सिता सापकोटा समुह र सुभाष गुरुङले नेतृत्व गरेको अर्को समुहले यही महिनाको पहिलो साता गर्न लागेका दुवै अधिवेसन स्थगित गरेको थियो ।

बेल्जियम जनसम्पर्क समितिमा उत्पन्न समस्या समाधान गर्नको लागि नेपाली कांग्रेसका पार्टी आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेललाई केन्द्रिय प्रतिनिधी तोके थियो ।