१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७५, शनिबार १५:३०

झापा–झापा गाउँपालिका-३ सिमलबारी बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १६ वर्षीय बुद्धलाल मोदीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २८ गते घरमा कोही नभएको अवस्थामा बुद्धलालले ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बुद्धलाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।