६ चैत्र २०८०, मंगलवार
Follow Us

विरामी हुँदा यी ८ चीज नखानुस्

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७५, शनिबार १६:३३

काठमाडौं– विरामी भएको बेला प्रायः खानाप्रति अरुचि हुन्छ । विरामी भएको बेला खानेकुरामा ध्यान दिन सकेन भने उल्टै रोग बल्झने खतरा समेत रहन्छ ।

कस्तो रोग लाग्दा कुन प्रकारका खानेकुरा खानुपर्छ यसको बारेमा जानकारी राख्नु जरुरी हुन्छ ।

पेटमा जुका लागेको बेला कफी खानु हुँदैन । कफीमा रहेको काफीन तत्वका कारण लगातार पिशाव फेर्नु पर्ने समस्या हुनसक्छ र यसले शरीरमा पानीको मात्रा घटाउँछ ।

चिकित्सकका अनुसार पखाला र बान्ता भएका बेला कफी खान हुँदैन । काफीनका कारण शरीरमा तरलपर्दाथ कम हुनजान्छ र यसले पाचन प्रक्रियामा समेत प्रभावित पार्छ ।

विरामी भएको बेला प्रायः फलफूलको जुसको रुपमा सुन्तलाको जुस खुवाउने चलन छ । तर खोकी र घाँटी दुखेको अवस्थामा सुन्तलाको जुस खानुहुँदैन ।

सुन्तलाको जुसमा धेरै मात्रामा एसिडिडी हुने गर्छ । खोकी चलिरहेको बेला सुन्तला जुसले घाँटीमा असर गर्नसक्छ । जुसमा साइट्रिक एसिड हुने कारण पनि घाँटीभित्र सुनिने खतरा हुन्छ ।

पेट दुखेको बेला गुलियो पदार्थ खान हुँदैन । गुलियो पदार्थले रगतमा रहेको सेतो रक्तकोष कम गर्ने गर्छ जुन रोगसँग लड्ने क्षमता बढाउँछ ।

खाजा खाँदा कुकिज, क्यान्डी र गुलियो पदार्थहरु धेरै खाँदा यसले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । यसकारण रोग बल्झने खतरा हुन्छ ।

पेटमा जुका परेका बेला गुलियो चीजले जुका बढ्न झन् मद्दत गर्छ जसका कारण दिसा पातलो हुने र पखालाको लाग्ने हुनसक्छ ।

पेटमा जुका र विरामी भएको अवस्थामा सोडा पानी खान हुँदैन । कफीले जस्तै सोडाले पनि शरीर सुख्खा बनाउँछ ।

खोकी र घाँटी दुखेको बेला कडा खाले खाना खानु हुँदैन । टाँसेर बनाउने चीज जस्तै आलु चिप्सहरु खानु हुँदैन । यो एक प्रकारको खस्रो पेपर जस्तो हुन्छ जसले घाँटीमा नराम्रो असर गर्छ ।

रुघा लागेको बेला पिरो खानेकुरा खानु हुँदैन । यसले नाकभित्र पोल्ने खतरा रहन्छ । यदि नाकबाट सिंगान बगिरहने समस्या छ भने पिरो खानेकुरा नखानु नै राम्रो हुन्छ ।
जुका लागेको वा कुनै प्रकारको विरामी अवस्थामा अल्होलिक पदार्थ खानु हानिकारक हुन्छ । अल्कोहलले पनि शरीर निर्जल बनाउँछ । यसले खाना पचाउन मद्दत गर्छ । यसले तरल दिसा र पखालाको समस्या हुन्छ ।