१५ चैत्र २०८०, बिहीबार
Follow Us

देशभरका आयोजनाको प्रगति सिंहदरबारबाटै ‘लाइभ’

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७५, आईतवार ०१:५१

काठमाडौँ–सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबारबाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो योजना अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सोचअनुसार अघि बढेको यो योजनाअन्तर्गत कुन ठाउँमा के कस्ता आयोजना छन् र तिनको अवस्था के छ भनेर सिंहदरवारबाटै संवाद गर्न मिल्ने बताइएको छ ।

यसका लागि सरकारले तत्काल समस्या समाधान केन्द्र स्थापना गरेको छ । केन्द्रकी शाखा अधिकृत इन्दिरा आचार्यले यो योजनाअनुसार प्रत्यक्ष संवाद कक्ष स्थापना र व्यवस्थापन हुँदै गरेको जानकारी दिइन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।