७ बैशाख २०८१, शुक्रबार
Follow Us

लागुऔषधसहित चार जना पक्राउ

sarusaru
३ चैत्र २०७५, आईतवार ०२:३५

काठमाडौँ । प्रहरीले काठमाडौँको नागढुङ्गाबाट शनिबार लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुका परिमोल तामाङ र सुशील श्रेष्ठ तथा रौतहटका कोमल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुका साथबाट अवैध लागुऔषध डाइजेपाम, फेनारगन र नुरफ्रिन गरी ९९ एम्पुल बरामद् गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

आजै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा५ख ६०९५ नंको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार काठमाडौँ साँखु लप्सीफेदीका शम्भु स्याङ्बोलाई पनि सोही ठाउँबाट लागुऔषधसहित पक्राउ गरेको कार्यालयले जनाएको छ।

उनको साथबाट लागुऔषध नाइट्राभेट ११५ थान र डाइजेपाम, फेनारगन र नुरफ्रिन ९८ एम्पुल बरामद् गरी गरिएको छ। पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।