६ बैशाख २०८१, बिहीबार
Follow Us

सीके राउतको बैठकमा बजाइयो राष्ट्रिय गान

sarusaru
३ चैत्र २०७५, आईतवार १०:५९

सिरहा– सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रदेश गरेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक सुरु भएको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।
राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी..’ बजाइएपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।

यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ ।
बैठक भोली सम्म चल्ने आयोजकले जनाएको छ ।

मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिए । बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो ।