१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुरक्षा सतर्कता अपनाउन देशभरका प्रहरीलाई निर्देशन

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७५, सोमबार ०१:१५

काठमाडौँ–प्रहरी प्रधान कार्यालयले हिंसात्मक गतिविधिमा संलग्न नेकपा (विप्लव) समूहप्रति ‘चनाखो’ भएर सुरक्षा सतर्कता अपनाउन मुलुकभरका प्रहरी कार्यालय तथा युनिटहरुलाई निर्देश गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
सरकारले नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । यो समूहले हिंसात्मक तथा उच्छृङ्खल गतिविधि सञ्चालन गर्न थालेपछि समूहमा आवद्ध नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेकाहरुमाथि विभिन्न जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको स्पष्ट पारे ।

७७ वटै जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय र ती कार्यालय अन्तर्गतका प्रहरी युनिटहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ । जिल्लाका ग्रामीण बस्तीहरुमा पनि सुरक्षागस्ती बढाउनुका साथै अबैध हतियार बुझाउन अपिल गरिसकेको छ ।