८ बैशाख २०८१, शनिबार
Follow Us

सभापति देउवाद्वारा दुःख व्यक्त

sarusaru
४ चैत्र २०७५, सोमबार ०२:५१

काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष एवं सांसद उमा रेग्मीका पिता तथा पार्टीका नेता षडानन्द रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक ज्येष्ठ व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

काङ्ग्रेसको क्रियाशील सदस्यसमेत रहनुभएका रेग्मीको आज चितवनको भरतपुर–१८ चनौलीस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको हो । स्व रेग्मी नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
रासस