७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौँमा भूकम्पको झड्का

sarusaru
४ चैत्र २०७५, सोमबार ०४:२०

काठमाडौँ । आज सोमबार बिहान ९ बजेर १ मिनेट जाँदा मकवानपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

मकवानपुरको चित्लाङलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले करिब २ सेकेन्ड जति झड्का दिएको थियो।

भूकम्पको केन्द्रबिन्दू रहेको मकवानपुर, काठमाडौँ, नुवाकोट, धादिङ, भक्तपुर र ललितपुरमा झड्का महशुस भएको थियो ।

भूकम्प आएसँगै राजधानी काठमाडौका बासिन्दा घरबाहिर निस्किएका थिए । भूकम्पको क्षतिबारे कुनै विवरण आएको छैन।