१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आगलागीमा एकजनाको मृत्यु, ३२ लाख बराबरको धनमाल नष्ट

sarusaru
४ चैत्र २०७५, सोमबार ०४:५८

काठमाडौं । आगलागीमा परेर १ जनाको मृत्यु भएको छ। दोलखामा आगलागी हुँदा भिमेश्वर नगरपालिका ४ सार्केश्वरा बस्ने ६० वर्षीय खड्गप्रसाद चौलागाई शनिबार राति जस्ताको टहरामा सुतिरहेको अवस्थामा टहरामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ।

यसैगरी सुनसरी, तेह्रथुम र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

सुनसरीको धरान उपमहानगरपालिका १५ महादेब चोकस्थित अमृत लिम्बुको लुना हार्डवेयर पसलको गोदाममा आइतबार दिउसो आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको हार्डवेयरका समान जलेर नष्ट भएको छ।

त्यस्तै तेह्रथुमको लालिगुँरास नगरपालिका ६ श्रीचन बस्ने ५५ वर्षीय सुकबहादुर लिम्बुको घरमा सोही ठाउँस्थित सालघारी सामुदायिक बनमा आइतबार दिउसो लागेको आगो फैलिएर लिम्बुको घर सहित अन्य छिमेकीहरु ३ जनाको फुसको घर र गोठ जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

उदयपुरको रौतामाई गाउँपालिका २ जोगिडाँडा बस्ने मिन्द्रमाया जोगीको २ तले कच्ची घरमा शनिबार दिउँसो सोलारको लाईन सर्ट भई आगलागी हुँदा घर तथा घरभित्र रहेका धनमाल जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल