६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपाली चलचित्र ‘तुलसी’ को ‘सिम सिम पानी’ सार्वजनिक

sarusaru
४ चैत्र २०७५, सोमबार ०६:२७

बोधी एचडी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापि प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘तुलसी’ को ‘सिम सिम पानी’ ( ‘सिम सिमे छपै छपै सिम सिम पानी’) बोलको गीत आज यूट्युबमा सार्वजनिक गरिएको छ ।

बरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले – भ्वाईस अफ वलिवुड ले स्वर दिएकी छिन भने बरिष्ठ संगीतकार रंजीत गजमेर संगीत भरेका छन ।

मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रा. लि.को ब्यानरमा चलचित्रको शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने ऋचा घिमिरे एवं धम्पुस, कास्कीका स्थानीय बाल बालिकाहरुका साथमा छायाकन गरिएको यो गीत सबै उमेरका दर्शकहरुले चलचित्रको अघिल्लो गीत झैँ मन पराईदिने कुरामा चलचित्र निर्माण पक्ष विश्वस्त छ ।

स्मरण रहोस ‘मेलाको रम झम’ बोल रहेको ‘तुलसी’ को अघिल्लो गीतको लाखौ ओर्गानिक यूट्युब भ्युर्स रहेका छन ।