१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनचाँदीको मूल्यमा गिरावट

sarusaru
४ चैत्र २०७५, सोमबार ०७:३२

केही दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलामा ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।
चाँदी भने आज तोलामा रु ७३० रहेको महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबार चाँदी तोलामा रु. ७३५ मा कारोबार भएको थियो ।