२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन पोर्तुगल अल्गार्व क्षेत्रिय अध्यक्षमा पुनः अनिल शर्मा

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७५, सोमबार ०९:२८

अल्गार्व । गैरआवासीय नेपाली संघ प्रोतुगल अलगार्व क्षेत्रिय समन्वय समितिको अध्यक्षमा अनिल शर्मा निर्वाचित भएका छन् । आइतवार सम्पन्न अधिवेशनले १५ सदस्यिय कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचनमा अध्यक्ष शर्माले ३१३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी निरन्जन सेढाईले २८८ मत प्राप्त गरे ।

त्यस्तै तिन जनाको उपाध्यक्ष पदका लागि अल्बुफेराका राम चन्द्र श्रेष्ठ (निमेस),राजेश श्रेष्ठ,र देवेन्द्र पुुन मगर निर्विरोध निर्वाचित भएका छन्

त्यसैगरि दुई जना सचिव पदको निर्वाचनमा कमल थापाले सर्वाधिक ४२६ मतल्याएर विजयी भएका छन् । त्यस्तै सन्दिप अर्याल ४०४ मतका साथ विजयी भए भने अष्ट मान द्द्वारे २०८ मतमै सिमित भए ।

साथै महासचिव र कोषाध्यक्ष पदका लागि क्रमश केशव प्रसाद न्यौपाने र संजिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा नविन खनाल, मनिष राज थापा, रेख राज गुरुङ्ग,कृष्ण प्रसाद अधिकारी ,हेमकला गुरुङ्ग,विनोद बुढाथोकि र घनश्याम तिमिल्सीना निर्विरोध निर्वाचित भए ।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक शरद चन्द्र शाहीले पद तथा गोपनियताको शपथ गराएका थिए ।