६ चैत्र २०८०, मंगलवार
Follow Us

ढोका थुनेर मोलमोलाइ, धम्क्याएर असुली

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७५, मंगलवार ०२:०९

काठमाडौँ – ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ ।

विद्यार्थीका अनुसार सञ्चालकहरू कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन् ।

किस्टका केही विद्यार्थी एवं नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार सञ्चालकमध्येका आशिष थापा, कानुनी सल्लाहकार केशवराज आचार्य, शैक्षिक कार्यक्रम संयोजक किशोरमानसिंह बस्नेतले अतिरिक्त रकमका लागि विद्यार्थीसँग मोलमोलाइ गर्छन् । उनीहरूले कलेजले लिन पाउने शुल्क खातामै जम्मा गर्न लगाउँछन् भने अतिरिक्त शुल्क निजी खातामा राख्न निर्देशन दिन्छन् । कतिपय अवस्थामा नगद कारोबारसमेत हुने गरेको स्रोतले बतायो ।

काउन्सिलका एक सदस्यले आचार्य, थापा एवं बस्नेतको नाम किटानी गरेर उजुरी परेको बताए, कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ।