६ चैत्र २०८०, मंगलवार
Follow Us

भूतपूर्व गोर्खा सैनिकद्धारा सरकारको आलोचना

sarusaru
५ चैत्र २०७५, मंगलवार ०८:१५

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारसँग आफूहरुले राख्दै आएको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।

बेलायती सेना सरह पेन्सन लगायतका सुविधा उपलब्ध गराउन माग गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरुको माग सम्बोधन गराउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूतपूर्व बृटिस गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बेलायत सरकारले आफूहरुमाथि गर्दै आएको विभेद अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पहल नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले सो समस्या समाधानका लागि उच्च स्तरीय वार्ता समिति गठन गर्न पनि सरकारसँग माग गर्नु भयो ।

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा आफूहरुलाई विभेद गरेको विरोधमा करिव ३ दशक यता आन्दोलन गर्दै आएका छन ।