१५ चैत्र २०८०, बिहीबार
Follow Us

होलीको अवसरमा प्रदेश सरकारद्वारा २ दिन विदाको घोषणा

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७५, बुधबार ०७:३७

प्रदेश नम्बर २ सरकारले होलीको अवसरमा २ दिन विदाको घोषणा गरेको छ ।

मिथिला–मधेशमा मध्यमा परिक्रमालाई मध्यनजर गर्दै दुई दिनसम्म होली मनाइने भएकोले चैत ७ र ८ गते प्रदेशमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लास पूर्वक मनाउनका लागि सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान गरेको छ ।

होली पर्वले समाजमा विद्यमान आपसी भाईचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिएको मुख्यमन्त्री राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।