१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लव कार्यकर्तााको खोजीमा गाउँगाउँमा सेना

sarusaru
६ चैत्र २०७५, बुधबार ०९:५७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ।
रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो। गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।
कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो । यसरी सरकारको निर्देशनमै जिल्लाका सुरक्षा निकाय गाउँ गाउँमा छिरेपछि स्थानीय त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् । यता मंगलबार विप्लव समुहका नेता कार्यकर्ताका गतिविधी गर्न भन्दै काभ्रे पुगेको अपराध अनुसन्धान महाशाखाको टोली र कार्यकर्ताबीच पनौतीमा विवाद भएपछि प्रहरीले फायरिङ खोल्नुपरेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसपी केदार ढकालले जानकारी दिएका छन । प्रहरीले आकाशतर्फ फायरिङ गरेपछि विवादमा उत्रिएका कार्यकर्ता पछि हटेको र थप क्षतिको सम्भावना टरेको प्रहरीको भनाई छ ।