१५ चैत्र २०८०, बिहीबार
Follow Us

मोडल पक्राउ

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७५, बुधबार १६:०८

काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले युटुब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तवार्ता दिने मोडल परी तामाङलाई मङ्गलबार कलङ्कीबाट पक्राउ गरेको हो ।

प्रहरीले अश्लील सामग्री युटुबमा ‘मस्ती टक टाइम’बाट प्रशारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजिक अन्तवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।