७ बैशाख २०८१, शुक्रबार
Follow Us

जसोतसो समय दिँदै थाकेको घण्टाघर

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७५, बिहीबार ०२:०४

काठमाडौँ– एक सय चौबीस वर्ष पुरानो घण्टाघरको घडीका सुई निकै थाकिसकेका छन् । इन्जिनका पार्टपुर्जा गलिसकेका छन् । कर्मचारीको कठोर मिहिनतबाट नियमित दम पाइरहेकाले धन्न घडीले घण्टी हानिरहेकै छ । राणाकालको चिनो जेनतेन चलिरहेकै छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
घण्टाघरका मिस्त्री गणेश सापकोटा भन्छन्, “घडीलाई जबरजस्ती चलाइरहेको छु । अब धेरै चल्नेवाला छैन ।” विसं २०४४ बाट उनले सो घडी मर्मत गर्दै आएका छन् । घडी मर्मत गर्ने उनी एक्लो मिस्त्री हुन् । त्रिचन्द्र क्याम्पसका कर्मचारी सापकोटाको अवकासपछिका लागि अर्को मिस्त्री तयार गरिएको छैन ।
“मेरो अवकासपछि त्यो घडी सङ्ग्रहालयमा राखिन्छ होला” उनले भने, “अरूले त बनाउन सक्दैनन् होला ।” उनले घडीका थुप्रै सामग्री परिवर्तन गरिसकेका छन् ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार घडीको सहज पहुँच नहुँदाका बखत जनताले सहजरूपमा समय थाहा पाउन् भन्नका लागि १९५१ सालमा वीरशमशेरले घण्टाघर निर्माण गर्न लगाएका थिए ।