१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीद्वारा भरुवा बन्दुक बरामद

sarusaru
७ चैत्र २०७५, बिहीबार ०२:५६

बागलुङ – जिल्लाको ढोरपाटन नगरपालिकामा बुधबार भरुवा बन्दुक फेला परेको छ । गस्तिमा रहेको प्रहरीले ढोरपाटन नगरपालिका–७ मा रहेको छेपारे बनमा नजिकैको सडक छेउमा प्लाष्टिकले बेरी राखेको अवस्थामा बन्दुक फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलिले बन्दुक सहित भरुवा बन्दुकका लागि प्रयोग हुने एक किलो छर्रा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरि नायव उपरिक्षक झविन्द्र भट्टराईले बताए । सडक छेउमा खर्सुको गाँजमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको थियो । गृह मन्त्रालयले अनाधिकृत रुपमा चलाई रहेका हात हतियार फिर्ता गर्न निर्देशन गरेकाले कोही कसैले प्रयोग भैरहेको बन्दुक लुकाई राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रसासन कार्यालयले अनुमतिपत्र लिएर वा नलिईकन चलाएका हात हतियार आगामि बैशाख ५ गते सम्म बुझाउनका लागि सार्वजनिक सूचना जारी गरेको छ । ‘हतियार बुझाउँदा कारवाहीमा परिने त्रासले कसैले लुकाएको हुन सक्छ’ प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले भने–‘तोकिएको समयमा हतियार बुझाउँदा कारवाही हुँदैन भन्ने जानकारी नभएका कारण यो घटना भएको हो ।’ खरेलले अनुमति पत्र नलिईकन चलाई रहेका हतियार समेत प्रसासनले तोकेको समयमा बुझाएमा कुनै कारवाही नहुने भएकाले निर्धक्क भएर हतियार बुझाउन आग्रह गरे । जंगलमा फेला परेको बन्दुक ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ ।
जनमञ्च