१२ बैशाख २०८१, बुधबार
Follow Us

आतंक फैलाउने अनलाइन पत्रकार पक्राउ

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७५, बिहीबार १५:३२

काठमाडौं– भ्रमपूर्ण समाचार लेखेर आतंक फैलाउने एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

‘काठमाडौ जिल्लामा १० स्थानमा वम विस्फोट’ भनि केहि दिन अगाडि सामाजिक भ्रमपूर्ण समाचार संप्रेषण गरी आतंक फैलाउने कपिलवस्तुको वाण गंगा नगरपालिका वडा नं ६ वस्ने अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेपछि काठमाडौं ल्याएर साईवर अपराध अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंंका अनुसार उनलाई काठमाडौ जिल्ला अदालतवाट दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।