१३ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आशङ्कामा चार पक्राउ

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७५, बिहीबार १५:५२

सोलुखुम्बु–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।