६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रदेश सांसद बर्मा वेलायत आउने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७५, बिहीबार २०:३२

लण्डन । प्रदेश नं ३ क्षेत्रीय सांसद बिजुला बर्मा वेलायत भ्रमणमा आउने भएकी छन् । गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार वेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया गर्ने उनी वेलायत भ्रमणमा आउन लागेकी हुन् ।

उनी २९ तारिख शुक्रवार लण्डन आइपुग्ने वताएको छ । त्रिपाठीका अनुसार बर्माले वेलायतस्थित भुपुगोर्खा, नेपाली जनसम्पर्क समिति वेलायत, प्रेश युनियन वेलायत लगायतका संघसँस्थाले आयोजना गर्ने बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रमतय गरिएको छ । बर्माको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले ७ अप्रील आइतवार, साँझ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्ने त्रिपाठीले जनाए । यस्तै गोर्खा सत्याग्रह संघर्ष समितिले ६ अप्रिलका दिन साँझ गोल्डेन शिप रेस्टुरेन्टमा स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल बिद्यार्थी संघको पुर्वउपाध्यक्ष समेत रहेकी सभासद बर्मा नेपाली कांग्रेस नयाँ पुस्ताको लोकप्रिय तथा बैद्धिक नेताको रुपमा चिनिन्छन् ।

बर्मा नेपालको प्रजातान्त्रिक आन्दोलन तथा मानवअधिकारको लागि वकालत गर्दा पटक पटक जेल परेकी थिइन् । बर्माको वेलायत भ्रमणको वेला कार्यक्रममा उपस्थित भएर आफ्ना बिभिन्न अजेण्डा राख्न गैरआवासीय नेपाली संघका महासचिव राजकुमार त्रिपाठीले आग्रह गरेका छन् ।