१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष

sarusaru
८ चैत्र २०७५, शुक्रबार ०५:४९

गरिबी निवारण कोषले बोर्ड बैठकको तयारी शुरु गरेको छ । बैठकको तयारीको लागि उपाध्यक्ष निर्मलकुमार भट्टराईको अध्यक्षतामा आज बसेको पूर्व तयारी बैठकले आगामी बोर्ड बैठकमा पेश गर्ने कार्यसूची पारित गर्नुका साथै कोषको सोधभर्ना, बेरुजू फछ्र्योट, कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाको नियमन , आगामी बजेट र गरिबी निवारण सम्बन्धी सरकारको कार्यसूची माथि विस्तृत छलफल भएको कोषले जनाएको छ । प्रधानमन्त्रीको समय अनूकुल हुने वित्तिकै यसै महिना बोर्ड बैठक बस्ने बताईएको छ ।
गरिबी निवारण कोष ऐनद्वारा निर्माण भएका करिब बत्तिस हजार सामुदायिक संस्थामा करिब १९ अरब घुम्ती कोषलाई कसरी नियमन र गरिबी निवारणमा अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने चुनौति कोषले सामना गर्दै आएको छ ।