६ चैत्र २०८०, मंगलवार
Follow Us

तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे अधिकतम ब्याज बराबर जरिवाना तिर्नुपर्ने

sarusaru
८ चैत्र २०७५, शुक्रबार १०:३६

बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरे जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत लगानी गर्न भनेको छ । बैंकहरुले लगानी गर्न अटेर गरेपछि तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे कर्जामा लिने अधिकतम ब्याज बराबरको जरिवाना गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा १० प्रतिशत, उर्जा तथा पर्यटनमा १५ प्रतिशत गरी २५ प्रतिशत रकम प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नैपर्ने व्यवस्था गरेको गरेको छ ।