१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मलेसियाबाट १६ नेपालीको उद्धार

sarusaru
८ चैत्र २०७५, शुक्रबार १०:४५

काठमाडौं– मलेसियामा अलपत्र परेका १६ जना नेपालीलाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० गरी १६ नेपालीलाई उद्दार गरी नेपाल पठाएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।
यसैवीच मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीलाई डर त्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट रकम उठाउने र विभिन्न मनि ट्रान्सफरबाट रकम बुझेर सम्पर्कविहीन हुने जानकारी दूतावासमा आउने गरेको बताइएको छ । दुतावासले यसरी अपरिचित र अनाधिकृत व्यक्तिहरुलाई उद्दार गर्ने नाममा रकम नबुझाउन अनुरोध गरेको छ । साथै, जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन पनि दुतावासको अनुरोध छ ।