१३ बैशाख २०८१, बिहीबार
Follow Us

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य : गृह

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७३, सोमबार ०७:३४

गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।

गएराति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्रु सहजरुपमा आवतजावत गरिरहेको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । रासस