११ बैशाख २०८१, मंगलवार
Follow Us

पं. नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारमा छानिए यी चार स्रष्टा

sarusaru
८ चैत्र २०७५, शुक्रबार ११:१३

काठमाण्डौ – प्रत्येक वर्ष पं. निलकण्ठ स्मृति प्रतिष्ठानबाट प्रदान गरिने विभिन्न पुरस्कारहरु यस वर्ष चैत्र १६ गते शनिबार चितवनबाट प्रदान गरिने भएको छ ।
प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारमध्ये नीलकण्ठ पौडेल स्मृति भाषा साहित्य पुरस्कार डा. लक्ष्मणप्रसाद गौतमलाई, पं. नीलकण्ठ पौडेल स्मृति कला– संस्कृति पुरस्कार डा. कर्णबहादुर बानियालाई ,पं. नीलकण्ठ पौडेल स्मृति प्रतिभा पुरस्कार डा. रोशन शेरचनलाई तथा हस्तकला–पंचकला स्मृति नवप्रतिभा पुरस्कार श्री सरू पौडेललाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष तथा संस्थापक लकाश पौडेलले बताउनुभयो ।पुरस्कृत एवं सम्मानित सबै साहित्यकारहरूलाई हार्दिक बधाई दिँदै यो पुरस्कार आगामी चैत्र १६ गते चितवनको भरतपुरमा आयोजना हुने यस प्रतिष्ठानको वार्षिक कार्यक्रममा प्रदान गरिने कुरा पनि उहाँले जानकारी दिनुभयो ।