४ बैशाख २०८१, मंगलवार
Follow Us

काँग्रेस नेता सिटौला आईसीयूमा भर्ना

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७५, शुक्रबार १४:५३

काठमाडौं– काँग्रेस पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ ।
काँग्रेस केन्द्रीय सदस्य भीमसेनदास प्रधानले सिटौला अस्पताल भर्ना भएको जानकारी दिए । उनका अनुसार सिटौलाको हेम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनीमा हेमोग्लाबिनको कमी देखिएको र थप रिपोट आउने क्रममा रहेको बताइएको छ।