११ बैशाख २०८१, मंगलवार
Follow Us

विप्लवका प्रभावशाली नेता हेमन्तप्रकाश वली समातिए

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार ०१:३३

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकालाई ठूलो झड्का लागेको छ । पार्टीका प्रभावशाली हेमन्त प्रकाश वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको छ । उनी नेकपा हेडक्वारर्टरका तेस्रो वरियताका प्रभावशाली नेता मानिन्छन् ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडकालाई पनि पक्राउ गरेको छ ।

काभ्रेबाट काठमाडौं आइरहेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताए ।