६ चैत्र २०८०, मंगलवार
Follow Us

लसएन्जल्सका कलाकारहरु बन्दूक हिंसा बिरुद्ध आवाज उठाउदै

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार १०:४९

हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने भिडियोको प्रोमो(झलक)क्यालिफोर्नियाको लसएन्जल्समा सार्वजनिक गरिएको छ ।

मुख्य कलाकारहरुहरुमा न्युयोर्क फिल्म एकेडेमी लसएन्जल्सबाट स्नातक गरेका नेपाली समुदायका बहु प्रतिभाका धनि सुरज श्रेष्ठ र ब्राजिलिन मूलकी पुरस्कार बिजेता कलाकार रिब्बेका मोमोको मुख्य अभिनय रहेको छ । जस्मा एस राज प्रोडक्शनका एस.राज (शंकर राज वाग्ले)को निर्देशन तथा छायांकन रहेको छ ।
उनले यस अघि नेपाली चर्चित धारावाहिक मेरी बास्सैमा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए । कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भुमिकामा रहेर अभिनय गर्दै हाल अमेरिकामा समेत जनचेतनामुलक भिडियोहरु बनाईरहेका छन् ।

साथै बोधी एच डी र वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको पनि सहकार्यता रहेको छ । उक्त भिडियोमा कलाकारहरु कुसुम थापा, श्याम सेढाई,एनआरएन एनसिसि अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियन्ता इन्दिरा त्रिपाठी ,संचारकर्मी डोल्मा लामाको भूमीका रहेको छ । अन्य कलाकारहरुमा चक्रपाणि मिस्र ,पण्डित -चुडामणी गौतमको पनि महत्वपूर्ण भुमिका रहेको छ ।

उक्त भिडियोमा एस .राज प्रोडक्शनका टोलीले आफ्नै निर्देशन र छायांकनमा अमेरिकामै पहिलोपल्ट यो जल्दो बल्दो समसामयिक विषयबस्तु पर्दामा उतार्न सफल भएका छन् । यो विषयवस्तु अत्यन्तै महत्वपूर्ण रहेको छ र “यो जिवनको के भर छ र “ भन्ने सान्दर्भिक गीतमा “बन्दूक हिंसा बिरुद्ध जनचेतना” फैलाउने कथाबस्तुको अवधारणा भने सामाजिक अभियन्ता एवं संचारकर्मी डोल्मा लामाले ल्याएकी हुन् ।

सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । जीवनसंग सम्बन्धित “ यो जिवनको के भर छ र “ भन्ने गीत चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने संगित संगीतकार हरि लम्सालको र रचना गीतकार अनमोल मणिको रहेको छ ।

यो भिडियोमा हामी कोही कसैको जीवनको केहि भर छैन । र कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ,हामीलाई थाहा छैन भन्ने भाव प्रस्ट्याउन खोजीएको छ । र साथै चाडै नै यो भिडियो हलिउडमा सार्वजनिक गरिने तयारी भई रहेको सचारकर्मी डोल्मा लामाले जानकारी दिएकी छिन् ।