१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७३, सोमबार ०७:४०

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भन्नुभयो – गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।

अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा राससलाई जानकारी दिँदै भन्नुभयो – अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो ।

रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिनुभयो । यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम रहेको छ । रासस