४ बैशाख २०८१, मंगलवार
Follow Us

मजदुरको श्रीमतीमाथि अध्यक्षको नजर, बलात्कार आरोपपछि खैलाबैला

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार ११:०२

ओखलढुंगामा युवती बलात्कारको आरोप लागेका वडा सदस्य फरार भएपछि प्रहरीले खोजबिन सुरु गरेको छ । लिखु गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिष्णु श्रेष्ठलाई बलात्कारको आरोप लागेपछि उनी फरार भएका हुन् । बिहिबार दिउसो वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा श्रीमानसंगै काम गर्दै आएकी एक युवतीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेपछी उनी फरार भएका छन् ।

युवती बलात्कारको उजुरी वडा पालिका र जिल्ला प्रहरीमा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ओखलढुंगा प्रहरीले पिडित युवती सहित वडा सदस्य श्रेष्ठका परिवार र वडा अध्यक्षलाई जिल्लामा झिएकार बयान लिएको हो । बयानमा पिडक भनिएका श्रेष्ठका परिवारले उनी सम्पर्कमा नरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले पनि श्रेष्ठ सम्पर्क बिहिन भएकाले खोजीकार्य भैरहेको बताए ।

पिडित युवतीले ईट्टा भट्टामा दिउसो पख सुतिरहेको समयमा वडा सदस्य श्रेष्ठ आएर बलात्कार गरेको प्रहरीमा बयान दिएकी छिन् ।

पिडितको बयान तथा जाहेरीका आधारमा श्रेष्ठलाई प्रहरीले फरार सुचीमा राखी खोजबिन गरिरहेको छ भने युवतीको डिएनए परिक्षणका लागी जिल्ला अस्पताल रुम्जाटार पठाईएको छ । युवतीको डिएनए रिपोर्ट सर्वाजनिक भएपछि घटनाको तथ्य अझै बाहिर आउने प्रहरीको दाबी छ । जिल्लामा वडा सदस्यबाटै युवती बलात्कारको घटना बाहिर आएपछि राजनितिक रुपमै हलचल मच्चिएको छ । श्रेष्ठ स्थानिय तहको निर्वाचनमा नेकपाबाट वडा सदस्य निर्वाचित भएका थिए ।