१९ बैशाख २०८१, बुधबार
Follow Us

अल्डरशटमा नवजात शिशुको हत्या गर्नेको सुरकी दिनेलाई १० हजार पाउण्ड दिने घोषणा

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार ११:३३

लण्डन । बेलायतको अल्डरशटस्थित म्यानर रोडमा नवजात शिशु हत्या गरि फाल्ने हत्याराको सुराकी दिनेलाई १० हजार पाउण्डले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
नेपाली समुदायतको बाक्लो बसोबास रहेको यो क्षेत्रमा स्थानीय प्रहरीका अनुसार सन् २०१६ को मे महिनाको १६ तारिख शुक्रवार बिहान नवजात शिशुको हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

मृतक बालिका रहेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार साँझ ६ बजे देखि बिहान ८ बजे बीचको समयमा नवजात शिशुको हत्या गरेर पार्कमा फालेको आशंका गरेको थियो । प्रहरीले डिएनबाट शिशुको आमा इष्ट एशियन महिला भएको पत्ता लगाएको जनाएको छ ।

प्रहरीले प्रत्यक्षदर्शीलाई उदृद्ध गर्दै भनेको छ, ‘ घटना स्थलमा मंगलवार विहान तीन जना एशियन हुलिया भएका पुरुषहरु समेत देखा परेका थिए ।’
ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासेका अनुसार घट्ना पुरानो भए पनि हत्यारा अझै पक्राउ नपरेको कारणले प्रहरीले पुरस्कार दिने घोषणा गरेको हो । यसअघि स्थानिय प्रहरीले नेपाली समुदायका नेताहरुसंग परार्मश गरेको थियो ।