६ चैत्र २०८०, मंगलवार
Follow Us

विप्लव समुहद्धारा सुमार्गीको जग्गा कब्जा

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार १८:००

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले ब्यावसायी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको पोखारस्थित २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ ।

एका विहानै पोखरा महानगरपालिका शिशुवामा रहेको २९०६,५७०३,२९१०,५६९८,५७००, ७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ किता नं। रहेको २५ रोपनी क्षेत्रफल भएको जग्गा कब्जा गरिको सो पार्टीले जनाएको छ ।

नेपालको एकनम्बर नवधनाढ्य सुमार्गीले महानगरपालिका वडा नं। १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा श्री प्रालिले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देललाई थाहै नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको स्रोतमा उल्लेख गरिएको छ ।

सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रालिले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको हो । पिडित परिवारले न्यायको लागि जनपरिषद कास्कीमा गरेको निवेदन र आवश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि सो जग्गा कब्जा गरेको नेकपा कास्कीले जनाएको छ । सुमार्गी प्रचण्डका व्यवसायीक पार्टनर हुन् ।