८ बैशाख २०८१, शनिबार
Follow Us

साउदी अरबमा होली

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार १९:४२

साउदि अरब । हेल्प मधेशी साउदि अरबको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । दल्ला, दमाम स्थित पार्टि हलमा संचालित कार्यक्रम दुई चरणमा भएको थियो । अध्यक्ष कमलदेब साहको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा नेपाली राजदूताबासका दृतिय सचिव बिपिन दवाडि प्रमुख अतिथि थिए ।

रोशन एन श्रेष्ठले संचालन गरेको होली कार्यत्रमmमा विशिष्ट अतिथिहरूमा गैर आवासिय नेपाली संघ, मध्यपूर्ब महिला उप संयोजक यास्मिन बेगम, एनआरएनए, साउदिका अध्यक्ष नारायण पासवान,अन्तर संस्था समन्वय समितिका संयोजक कृष्ण पुरि, तमुधि तथा महिला दिदि बहिनि समुहका तर्फबाट तुलसि माया गुरूङ, एन ए मिडिया प्रबन्ध निर्देशक कृष्ण श्रेष्ठ थिए । त्यस्तै एनआरएनए आइसीसी मानार्थ परिषद सदस्य राजु सैयद,जनसम्पर्क समितिका बरिष्ट उपाध्यक्ष अजुन थापा काभ्रे सेवा समाजका अध्यक्ष जेनलामा लगायत अन्य संघ संस्था पदाधिकारीहरू अतिथि रहेका थिए।

होलीको शुभकामना सन्देश दिंदै यास्मिन बेगमले प्रकृतिको अनुपम सन्दर देशका विभिन्न भुगोलमा बसोबास गर्ने विभिन्न जात जातीका हामी सबै नेपाली हौं। जसरी उल्लासमय बनाएर मिलेर होली मनाउदैछौं, त्यसरी नै एक भएर तिक्तता बिर्सेर एक भएर अगाडी बढ्नुपर्ने शुभ सन्देश दिउकी थिईन् ।

तराइमा पुर्णिमाको रात बिधिपुर्बक होलीका दहन गरीइन भोली पल्ट उत्सबको रूपमा एक अर्कामा रंग अबिर साटासाट गरेर होली पर्ब मनाउने गरेको परम्पराको बारेमा नारायण पासवानले प्रकाश पार्दै गैर आबासिय नेपाली संघ सबैको साझा संस्थाभएकोले प्रबासमा रहेका सम्पुर्ण नेपालीको साथ र सहयोगका लागी तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।

उक्त संस्था द्वारा संचालित शैक्षिक अभियानमा सहयोग पुर्याए वापत बिभिन्न इकाइ (दलान) कमिटिलाई कदर पत्रद्वारा सम्मान कार्यक्रम प्रमोद मंडलले उदघोषण गरेका थिए।

होली आयोजनको बिशेष अभिरूचि पुर्बक मुल्यांकन गर्दै प्रमुख अतिथि बिपिन दबाडीले कमि कमजोरीहरूलाई बिर्साउने नयाँ शिराबाट सम्बन्धलाई प्रगाढ बनाउदै सबैको मुहारमा हांसो ल्याउने भन्दै दूताबासले नेपालीकामदारका बारेमा सक्दो सेवा प्रदान गर्दै आइरहेको प्रकास पारका थिए ।

कार्यक्रम अबधिभर एन ए मिडियाले प्रतक्ष्य प्रशारण गरेको थियो भने पृथिबि रेमिटका प्रतिनिधि अफिसर श्री निरज कुमार सिंहले ब्यबस्थापकिय सहयोगमा योगदान गरेका थिए । औपचारिक समारोहका सभापतिले साथ र सहयोग गर्ने सबैलाई धन्यबाद सहित होलीको शुभकामना दिदै कार्यक्रमको अन्त भएको घोषना गरेका थिए ।