६ चैत्र २०८०, मंगलवार
Follow Us

ब्रेक्जिट रद्द गर्न माग गर्दै ४० लाख बढी हस्ताक्षर

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार २०:११

लन्डन — प्रधानमन्त्री टेरेजा मेलाई यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया रद्द गर्न माग गर्दै शनिवार सम्म ४० लाख भन्दा बढी हस्ताक्षर संकलन भएको छ । धारा ५० खारेज गरी ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै सुरु गरिएको हस्ताक्षर अप्रत्यासित रुपमा बढेपछि संसदको वेबसाइट नै बन्द हुन पुगेको थियो ।
संसदको पेटिसन कमिटीले धारा ५० खारेज गर्न माग गरिएको पोस्ट ट्वीटरमा ट्रेन्डिङमा रहेको र एक मिनेटमा दुई हजारसम्म हस्ताक्षर संकलन भएको जनाएको छ ।

पेटिसन वेबसाइटका अनुसार बेलायतको राजधानी लन्डन, ब्रिस्टोल, एडिनबरा, म्यानचेस्टर, अक्सफोर्ड, क्यामब्रीज, ब्राइटन जस्ता क्षेत्रहरुबाट बढी हस्ताक्षर आएका छन् ।
एकलाख हस्ताक्षर नाघे उक्त मुद्दा संसदमा बहसमा लैजाने प्रावधान छ ।