१२ बैशाख २०८१, बुधबार
Follow Us

तत्काल दुखाइ कम गर्ने पेनकिलर दीर्घकालमा घातक

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७५, आईतवार ०१:४२

काठमाडौं–नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् ।

पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण जानकार छन्, चिकित्सक भने जानकार भएर पनि नजरअन्दाज गरिरहेका छन् । अन्जानमै लामो समय पेनकिलर प्रयोग गर्दा कैयौँको मिर्गौला, मुटुलगायत भित्री अंग ड्यामेज भएका छन् ।

‘मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या हुँदा पेनकिलर झन् हानिकारक हुन्छ,’ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले भन्छन्, ‘मुख सुक्यो, पिसाब घट्यो भन्दै आउने बिरामीले पेनकिलर प्रयोग गरेको पाइयो । यसले मिर्गौला, मुटुलगायत भित्री अंग खतम गरिदिन्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।