१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध भेला गर्दै जिल्ला सभापति

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७५, आईतवार ०१:४९

काठमाडौं–केन्द्रीय सदस्य सीधै महाधिवेशन प्रतिनिधि बन्ने पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध कांग्रेसका जिल्ला सभापतिहरूले भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति बैठक समापन समारोहमा गरेको प्रतिबद्धता २१ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि असन्तुष्ट सभापतिहरूले २० र २१ चैतमा काठमाडौंमा भेला डाकेका हुन् ।

२९ मंसिरदेखि ८ पुससम्म चलेको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिले केन्द्रीय नेताहरू पनि महाधिवेशन प्रतिनिधिका लागि बुथबाटै चुनिएर आउनुपर्ने आवाज उठाएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।