१५ बैशाख २०८१, शनिबार
Follow Us

विप्लव समूहका नेता कार्यकर्ता भूमिगत

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७५, आईतवार ०१:५९

नेपालगन्ज – गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि विप्लवका नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्।

विप्लवको आधार क्षेत्र मानिने पहाडी जिल्ला कालीकोट, रुकुम, रोल्पासँगै तराईका जिल्लामा पनि उनीहरू भूमिगत भएका छन्। तर, विप्लवले आपूmहरू गाँउ जागरण अभियानमै भएको बताएको छ। ‘सरकारले प्रतिबन्ध गराएपछि सुरक्षाका लागि पनि सदरमुकाम छाड्नै प¥यो,’ नेकपाका रुकुम पश्चिम सेक्रेटरी चन्द्रबहादुर बुढाले भने, ‘हामी अर्धभूमिगत, भूमिगत भएका छैनौं, जनतासँगै छौं।’ अन्य बेला सदरमुकामलगायत सार्वजनिकस्थलमा देखिने विप्लवका नेता तथा कार्यकर्ता यतिबेला उक्त क्षेत्रमा देखिन छाडेका छन्। नागरिक दैनिकमा खबर छ ।