१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एसईई परीक्षा दिन कार चढेर गए दुई सेलिब्रेटी

sarusaru
१० चैत्र २०७५, आईतवार ०३:२०

काठमाडौं– एसएईई परीक्षमामा दुई चर्चित अनुहारको सहभागिता रहेको छ । सांसद शान्ता चौधरी र अभिनेत्री करिष्मा मानन्धर परीक्षामा सहभागी भएका हुन् ।
करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा उनले परीक्षा दिएकी हुन् ।
यस्तै शान्ताले सेन्टर मावि तुलसीपुरमा परीक्षा दिएकी हुन् । उनले महेन्द्र मावि तुलसीपुर (खुला विद्यालय) मा अध्ययन गरेकी हुन् ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन।