८ बैशाख २०८१, शनिबार
Follow Us

गुडिरहेको बसमाथि ढुंगा खस्दा २ जना घाइते

sarusaru
१० चैत्र २०७५, आईतवार ०३:५९

पर्वत । गुडिरहेको बसमा ढुंगा खस्दा पर्वतको कुस्मा अर्मादीमा दुई जना यात्रु घाइते भएका छन् । पोखराबाट मुस्ताङ तर्फ जाँदै गरेको बसमा ढुंगा खस्दा एक जना भारतीय पर्यटकसहित दुई जना यात्रु घाइते भएका हुन्।

पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा सडक निर्माणका क्रममा डोजरले खन्दा शनिबार दिउँसो सडक माथिबाट खसेको ढुंगा बसभित्र छिरेको थियो । ग१ख ५५९६ नम्बरको पर्यटक बसमा सडक माथिबाट खसेको ढुंगाले लाग्दा ८० वर्षीय भारतीय पर्यटक मनुभाई पट्टेल र पोखराका १९ बर्षिय सुनिल पौडेले घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । बसका सह–चालक रहेका सुनिल र भारतीय नागरिक पट्टेलको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।