१२ बैशाख २०८१, बुधबार
Follow Us

एसपि डिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा

sarusaru
१० चैत्र २०७५, आईतवार ०८:२५

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) दिल्लिराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् ।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकास्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछी उनलाई न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
‘डिल्लीराज विष्टलाई धरौटीमा रिहाई गर्न आदेश भएको छ’ जिल्ला अदालत कञ्चनपुरका रजिष्टार हरिकृष्ण अवस्थितले भने, ‘साँढे १० लाख धरौटी माग भएको छ ।’
२०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट बिरुद्ध जाहेरी दिएकी थिईन् । शंकास्पद अभियुक्त दिलिप सिंह विष्टका दाजु खड्क सिंहले आफ्नो भाईलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिएपछी कञ्चनपुर प्रहरीले डिल्लीराज विष्ट सहितका प्रहरी अधिकारीमाथी अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा दर्ता गरेको थियो ।