१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुस्लिम आयोगका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर

sarusaru
१० चैत्र २०७५, आईतवार १०:३८

काठमाडौं–हालै मुस्लिम आयोगमा नियुक्त भएका समिम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

कपिलबस्तुका अब्दुल सलामले उत्प्रेषण, परमादेशलगायतका आवश्यक र उपयुक्त आदेशको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
अन्सारीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उजुरी परेको थियो । तर सो उजुरीको कुनै सुनुवाई नभई सरकारले सिफारिस गरेको ४५ दिनपछि स्वतः अनुमोदिन भएका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ७ गते सपथ गराएकी थिइन् ।
अन्सारीको नियुक्तिबारेको विवादको टुंगो लगाउने अधिकार नेपालको संविधानको धारा १३३(२) बमोजिम सर्वोच्च अदालतलाई भएकाले धारा १३३(३) बमोजिम निजको सिफारिश र नियुक्तिको निर्णय बदर गराउन उत्प्रेषण परमादेशको माग गरिएको छ ।