१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ००:५८

काठमाडौँ –अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी .(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।
पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । एक हप्ताको उपचारपछि उनमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफै हिडडुल गर्न नसक्ने अवस्थामा रहनु भएकी दाहाल अहिले आफै हिँडडुल गर्ने अवस्थामा पुगेकी छिन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।