१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्मलाकाण्डमा मुछिएका पूर्वएसपी विष्ट धरौटीमा रिहा

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०१:४५

कञ्चनपुर–निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका पूर्वप्रहरी प्रमुख दिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गरेको छ ।
जिल्ला न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले आइतबार उनलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले विष्टविरुद्ध परेको यातनाविरुद्धको मुद्दामा ६ लाख र सार्वजनिक कसुर मुद्दामा साढे ४ लाख धरौटी लिन आदेश जारी गरिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।