१५ चैत्र २०८०, बिहीबार
Follow Us

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क राख्न पहल

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०६:१५

लन्डन । गैरआवासीय नेपाली संघका अधक्ष भवन भट्ट र गृहमन्त्री राम बहादुर थापा बीच भेटघाट भएको छ । सोमबार भएको भेटघाटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गैरआवसीय नेपालीका लागि विशेष अध्यागमन डेस्क स्थापना गर्ने सम्बन्धमा छलफल भएको बताएको छ । भेटमा गृहमन्त्री थापाले एनआरएन डेस्क स्थापना गर्न आफु सकरात्मक रहेको बताएका थिए ।
यस अघि एनआरएनहरुले आफ्नो सुबिधाको लागि अध्यागमन डेस्क स्थापना गर्ने माग गर्दै आएका थिए ।