१२ बैशाख २०८१, बुधबार
Follow Us

दमनको नीतिबाट राजनीतिक आवाजको समाधान खोजिनु हुँदैनः नेता सिंह

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०७:२६

काठमाडौं –नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकिभत्रका असन्तुष्टिहरुलाई वार्ताबाटै सामाधन गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रेस युनियन झापा जिल्लाले आयोजना गरेको अन्तरक्रियामा नेता सिंहले मुलुकभित्र उठेका राजनीतिक आवाजहरुको समाधान दमनबाट नभई वार्ता र छलफलबाटै गर्नुपर्नेमा जोड दिए ।
काँग्रेसले सुरु गरेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै जिम्मेवार हुनुपर्ने उनले बताए ।
नेता सिंहले काँग्रेसलाई बलियो र सशक्त पार्टी बनाउन देशभरका नेता कार्यकर्ताहरुसँग राय सुझावका लागि आफु जिल्ला जिल्लामा निस्किएको बताए ।
बलियो र सशक्त काँग्रेसको संगठन निर्माण गरेर मात्र मुलुकमा देखिएका चुनौति सामना गर्न सकिने तर्फ जिम्मेवार बन्न पनि सिंहले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।