७ बैशाख २०८१, शुक्रबार
Follow Us

सलाई कोर्दा आगलागी, एकको मृत्यु

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०७:२९

काठमाडौं– दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन बर्षिय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएको छ ।

आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ ।

संगिता सुतिरहेको ठाउँमा सलाई कोर्दा कपडा सल्केर आईतबार साँझ आगलागी भएपछी भएको थियो । आगोले जलेर घाईते भएकी बालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।