१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल र जापानबीच कोरियन मोडलमा श्रमसम्बन्धी समझदारी

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०७:३६

जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा सोमबार सरकार र जापानी पक्षीबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ।
ललितपुरमा सोमबार आयोजित विशेष कार्यक्रमका बीच नेपाल र जापानबीच हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानको परराष्ट्र मन्त्रालयका अधिकारीबीच श्रमिक आपूर्ति गर्ने विषयसम्बन्धी सहकार्यको समझदारीमा हस्ताक्षर गरियो । सो क्रममा श्रममन्त्री गोकर्णविष्ट समेतको सहभागिता रहेको थियो ।

जापानले कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन व्यवसायमा नेपाल, चीन, इडोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारीको अवसर दिने गरी यो कार्यक्रम जापानले शुरु गरेको हो ।